मङ्सिर २७, दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रम अन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले दिएको जानकारी अनुसार सो सुविधा प्राप्त गर्नका लागि उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, चार पटक अस्पतालमा गई गर्भ जाँच गराउनु पर्ने, सरकारी…