विद्युत उपभोग गरेपछि तोकिएको समयभित्र महशुल नतिरे उपभोक्ताको लाईन काटिन्छ । तर जलविद्युत आयोजनाहरूले गत बर्षहरूमा नै सरकारलाई तिर्नुपर्ने रोयल्टी भने बर्षेनी बक्यौता रहँदै आएको छ । विद्युत विकास विभागका अनुसार जलविद्युत प्रर्बद्धकहरूले गत बर्षहरूमै तिर्नु पर्ने रोयल्टी ३३ करोड रुपैयाँभन्दा बढी छ । साथै चालू आवको बक्यौता २१ करोड ६१ लाख पुगेको छ ।…