पुस १६, रसुवा । पासाङलामु राजमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिका ५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ । राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस,…