हीरालाल गुरुङ माघ २५, मुग्लिन । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ । हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावरसहितको गोलोघर निर्माण गर्न लागिएको जलविरे लामो झरना पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले…