फागुन २२, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि उत्पादनसँग जोडिनु आवश्यक रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्यसमिति कास्कीद्वारा आयोजित ‘गण्डकी प्रदेशको समृद्धिका आधार’ विषयको प्राज्ञिक बहसमा उनले उत्पादन बिनाको विकास असम्भव रहेको बताए । गण्डकी प्रदेशको समृद्धिका लागि उत्तर दक्षिण जोड्ने गरी सडक विकास गर्नु अपरिहार्य भएकामा जोड…