विमलबहादुर विष्ट असार २०, डोटी । सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो । सरकारले सरकारीस्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका…