खलङ्गा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जुम्लाको सिञ्जा गाउँपालिकामा निर्माण हुन लागेको खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताएका छन् । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतसहितको टोलीसँग काठमाडौंमा उनले सङ्ग्रहालय निर्माणका लागि आर्थिक अख्तियारी छिट्टै पठाइ दिने बचन दिएका हुन् । उनले खस सभ्यता संरक्षणका लागि भए पनि सिञ्जा सङ्ग्रहालय आवश्यक…