काठमाडौं । आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो…