काठमाडौं । यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौं आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको तयारीका विषयमा…