कालीकोट, ५ भदौ । सरकारले मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न थप गरेको अवधिमा कालीकोट जिल्लामा तीन हजार ८०० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीमा जिल्ला सदरमुकाम मान्म सहितका दुई नगरपालिका तथा छवटा गाउँपालिकामा पठाएको टोलीले सो संख्यामा मतदाता थपेका हुन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मणिराम भट्टराईका…