काठमाडौँ, ३ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत,…