१४ माघ, बागलुङ । यहाँका जनप्रतिनिधि, राजनीतिकर्मी, नागरिक अगुवा, अध्यापक लगायतले संघीयता कार्यान्वयनमा सही विधि अपनाउनुपर्नेमा जोड दिएका छन् । धवलागिरि बहुमुखी क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागले शनिबार आयोजना गरेको ‘संघीयता, विकास र जनअपेक्षा’ विषयक बहस कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संघीयताका राम्रा, नराम्रा दुवै पक्ष हुने हुँदा यसको कार्यान्वयनमा सावधानी अपनाउनुपर्ने सहभागीको भनाइ थियो…