३० वैशाख, बाबियाचौर– म्याग्दी । बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ । जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका…