३१ वैशाख, काठमाडौं । मुलुकमा हुने संगठनिक अपराध विरुद्ध प्रहरी र नागरिक समाज एक हुनुपर्ने बताइएको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोँगबुले आयोजना गरेको ‘अपराध नियन्त्रण अभियानको समीक्षा र लागुऔषध नियन्त्रणका लागि एकमहिने अभियान’मा अपराध नियन्त्रणमा नागरिक र प्रहरी संगसंगै हिँड्नुपर्ने बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज…