१३ जेठ, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो । दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने भएकाले यहाँका बासिन्दाले बस्ती छाड्नुपर्ने…