असोज २, भोजपुर । विद्यूत गृहको कुलो बगाउँदा २सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार बनेको हो । गत भदौ २९ गतेको अविरल वर्षा पछि आएको पहिरोले करीब ५० मिटर कुलो बगाएको…