असोज १०, खलङ्गा । अविरल वर्षापछि आएको पहिरोका कारण जुम्लाको उर्थु–लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ–ठाउँमा झरेको पहिरोले सडक भत्काएको छ । उक्त सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान…