असोज २३, बेत्रावती । भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका २ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ । ‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’ अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम युएनडिपी मार्फत निर्माण गरिएको सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण…