कात्तिक १३, दुल्लु । दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरूले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता गरिएको हो । नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरी…