असार ४, सप्तरी । राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज वडा नं ५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपीयु, किबोर्ड, प्रिन्टरलगायतको समान चोरी भएको थियो ।…