शुक्रबार काठमाडौंमा राजावादीहरूले तीनकुने क्षेत्रमा गरेको तोडफोड र आगजनीको स्थानीय जनप्रतिनिधीले भत्सर्ना गरेका छन् ।
स्थानीय तहहरूको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संयुक्त विज्ञप्ति जारी गरि नीजि तथा सार्वजनिक संरचना, नगरपालिकाको सवारी साधन, राजनीतिक दलको कार्यालय र सञ्चार गृहहरूमाथी गरिएको तोडफोडको बिरोध जनाएका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र संघका अध्यक्ष भीम ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ समुन्नत लोकतान्त्रिक व्यवस्था मात्र हो र प्रतिगमन तथा निरंकुश शासन व्यवस्थाको कुनै कल्पना गर्न सकिँदैन । पछिल्ला घटनाक्रम हेर्दा यो व्यवस्थामाथीकै प्रहार भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भका रुपमा रहेका हामी स्थानीय सरकारका ३५ हजार जनप्रतिनिधीहरू यसप्रकारका अभियान तथा घटनाको बिरोध गर्दै व्यवस्थाको संरक्षण र संवद्र्धनमा डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया