२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरो प्रभावित ३ स्थानीय तहलाई काठमाडौं महानगरको २०/२० लाख सहयोग



काठमाडौं । काठमाडौं महानगरले बाढी पहिरोबाट अति प्रभावित काभ्रेको ३ स्थानीय तहलाई २० २० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । महानगरको मेयर संयोजक रहेको विपद् व्यवस्थापन समितिले काभ्रेको रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकालाई उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार मेयर बालेन्द्र साहको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

विहीबारसम्मको तथ्यांकअनुसार काभ्रपलाञ्चोक जिल्लामा मात्रै बाढी पहिरोका कारण ७० जनाको मृत्यु भएको छ भने अझै केही बेपत्ता छन् । बाढी पहिरोले पनौती नगरपालिका, रोशी र बेथानचोक गाउँपालिका सबैभन्दा धेरै प्रभावित हुन पुगेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार ००:००