२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गल्याङ नगरपालिकाः १ सय ३५ घरमा धारा, स्थानीयवासी हर्षित




वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर, बद्धचौर र जामुनेका १३५ घरधुरीलाई लक्षित गरी ‘बेलचौर लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत प्रत्येक घर–घरमा खानेपानीको धारा पु¥याइएको खानेपानी आयोजना समितिका अध्यक्ष निमप्रसाद खनालले बताए ।

“गाउँभन्दा २४० मिटर तल रहेको कालीगण्डकी नदी किनारमा डिप बोरिङमार्फत ७२० मिटर लामो पाइपबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी तानेर खसालिएको छ” समितिका अध्यक्ष खनालले भने, “गाउँभन्दामाथि एक लाख लिटर क्षमताको मुख्य ट्याङ्कीमा पानी जम्मा गरेर ३५ वटा च्याम्बरमार्फत १३५ घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।”

खानेपानी आयोजना सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारबाट दुई करोड २९ लाख, गल्याङ नगरपालिकाबाट १८ लाख र स्थानीयवासीको जनसहभागिता २० लाख ९१ हजार गरी कूल दुई करोड ६७ लाख ९१ हजारको लागतमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको अध्यक्ष खनालले बताए ।

विसं २०७४ चैतबाट शुरु भएको आयोजना २०७६ असार मसान्तमा निर्माण सम्पन्न भई हिजो सोमबारबाट सञ्चालनमा आएको हो ।

“यहाँ खानेपानी तथा बस्तुभाउका लागि पानीको निक्कै समस्या थियो”, अध्यक्ष खनालले भने, “बिहानको समय पिउने पानी तथा बस्तुभाउका लागि पानीको जोहो गर्न समय छुट्ट्याउने स्थानीयवासीका लागि अब पिठँयूमा पानी बोक्नुपर्ने समस्या टरेर गएको छ भने फुर्सदको समयलाई अन्य उत्पादनमूलक कार्यका लागि खर्चिने भएका छन् ।” रासस

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार ००:००