१३ कार्तिक २०८१, मंगलबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्लाष्टिक निरुत्साहित गर्न कपडाका झोला




असार १२, तुलसीपुर । घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवर्द्धन गर्न तालीम सञ्चालन गरेको छ ।

नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पु¥याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो । बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाका महिला सहभागी छन् । नगर प्रमुख नरुलाल चौधरीले प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन र त्यसको प्रयोग हटाउँदै वातावरणमैत्री झोला प्रयोग अहिलेको आवश्यकता भएको बताए । कपडाको झोला प्रयोगमा आउन थालेपछि रोजगारी र आर्थिक उपाजर्नमा समेत त्यसले सहयोग पु¥याउने उनको भनाइ थियो ।

नारी सीप विकास संस्थाका अध्यक्ष विष्णु थापाले सानो लगानीमा वातावरण र मानवीय स्वास्थ्यमा प्रभाव पार्नाका साथै आयआर्जनसमेत हुने भएकाले सो तालीम सञ्चालन गरिएको जानकारी दिए । रासस

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार ००:००