१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु




असार ६, चितवन । भरतपुर महानगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

सो अवसरमा प्रमुख दाहालले रोजगार आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै नागरिकको अधिकार र आवश्यकता पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताइन् । उनले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन महानगरपालिका योजनाबद्ध ढङ्गले अगाडि बढेको बताइन् ।

महानगरपालिकाले सबै वडाहरुमा यो कार्यक्रम शुरु गर्दैछ । पहिलो चरणमा ३८४ जनाले रोजगार पाउने दाहालले जानकारी दिइन् । रोजगारीका लागि महानगरमा चार हजारको निवेदन परेको छ । यसअन्तर्गत वडा नम्बर २२ मा १६ जनाले पारिश्रमिकमा आधारित रहेर २० दिन दैनिक ८०० का दरले पारिश्रमिक पाउने गरी वडामा विकास निर्माणमा काम गर्नेछन् ।

सो अवसरमा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह गरे ।

महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख प्रद्युम्न उपाध्याय, रोजगार अधिकृत विनोद खराल, वडा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महतो, नेपाल कम्युनिष्ट पार्टी नेकपा युवा नेता रामहरि सेढाइँ, नेपाली काङ्ग्रेसका नेता कुमारप्रसाद थपलियालगायतले बोलेका थिए । यस्तै आजै वडा नम्बर २१ मा पनि २२ जनालाई रोजगार दिलाइएको छ । रासस

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार ००:००