१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इच्छाकामनामा बाल संरक्षणगृह निर्माण



असार ३, मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिए ।

१४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष रानामगरले बताए । वडा कार्यालयले अहिले यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गरिरहेको उनको भनाइ छ ।

गाउँपालिककाका प्रवक्ता सावित्री गुरुङले वडा नं ४ मा बन्दै गरेको बालगृहलाई गाउँपालिकास्तरीय बनाउने विषयमा छलफलसमेत भएको जानकारी दिए । अहिले गाउँपालिकाभित्र रहेको बाबुआमा नरेहका बालबालिका, अशक्त, गरीबी अर्थाभावका कारण जोखिममा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने र त्यसैका आधारमा आवश्यकताअनुसार बालगृह संरक्षण केन्द्रलाई क्षमता बढाउँदै लैजाने उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार ००:००