१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु




जेठ २९, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन शुरुआत गरेको छ ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मङ्गलबार बन्दीपुर बजारमा एक कार्यक्रमका बीच ४१ जनालाई रोजगार प्रदान गरेर शुरुआत गरे । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर शुरुआत गर्नेमा पहिलो बनेको छ । बन्दीपुर–पिप्ले सडकखण्डमा नाला बनाउने काममा खटाइएको छ ।

गाउँपालिकाका अनुसार वातावरणमैत्री काम गर्नको लागि नाहाला बनाउन डोजर प्रयोग नगरी मजदूर खटाइएको हो । दैनिक ६२६ ज्याला पाउने गरी एक महीनाको लागि काममा खटाइएको हो ।

कार्यक्रमका लागि प्राप्त ११ लाखमध्ये नाहाला निर्माणको लागि वडा नम्बर १ र २ मा पाँच पाँच लाख र ४ नम्बर एक लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५० जनाले आवेदन दिएकामा ७३६ जनाको स्वीकृत गरिएको गाउँपालिका रोजगार संयोजक शरन गुरुङले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार वडा नं १ बाट ४२ जना, वडा नं २ बाट ११३, वडा नं ३ बाट २०२, ४ बाट ५१, ५ बाट ७७, ६ बाट २५३ आवेदन दिएका थिए । निर्माण क्षेत्रमा उपभोक्ताबाट समितिबाट भएका काममा सूचीकृत भएकालाई पायक पर्ने स्थानमा काममा खटाइने संयोजक गुरुङ बताउछन् । कुन क्षेत्रमा काम गर्न चाहेको हो त्यस क्षेत्रमा रोजगार दिनु पर्दा सूचीकृतलाई नै दिइने गाउँपालिकाले जनाएको छ ।

रोजगारमा कृषि, शिक्षा, भेटेनरी, शिक्षक, निर्माण कुन क्षेत्रमा रोजगारी चाहेको आवेदनमा खुलाउन लगाइएको र आवश्यकता पर्दा सूचीकृत भएकालाई मात्रै अवसर दिएर काम खटाइने रोजगार कार्यक्रम शुभारम्भका अवसरमा जानकारी दिइएको थियो । “पालिकामा जसले बेरोजगारमा सूचीकृत गर्नुभएको छ सबै काम उहाँले मात्रै पाउनुहुन्छ” गाउँपालिकाका अध्यक्ष थापाले कार्यक्रमको शुभारम्भ गर्दै भने, “शिक्षकमा निमार्णमा, स्वास्थ्यमा जे मा आवश्यक पर्छ सूचीकृत भएकाले मात्रै पाउँछन् ।”

समयमा आएर काम गर्ने, तोकिएको समयसम्म काम गर्ने र राम्रोसँग काम गरी नमूनायोग्य काम देखाइदिनुस् अध्यक्ष थापाले रोजगारमा संलग्नलाई पुनः आग्रह गरे । समय अभावले यो वर्ष हतारमा काम गर्नुपरेको र आगामी वर्षबाट अधिकांशलाई निर्माण क्षेत्रमा काम गर्न सक्ने भएकाले त्यसमा व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ००:००