२७ कार्तिक २०८१, मंगलबार | Wed Nov 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा–याङ्जाकोट सडक पक्की हुँदै




जेठ २२, पोखरा । कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ ।

पोखरा महानगरपालिका १३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो ।

क्रमागतरुपमा निर्माण गरिने साढे १५ किलोमिटर लम्बाइको सो सडक आर्थिक वर्ष २०७६÷७७ विजयपुर खोलादेखि तारकाङसम्मको ११ किलोमिटर र बाँकी आगामी आवमा निर्माण सम्पन्न गरिने गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

ढलसहितको दोहोरो मार्गको सो सडक निर्माणसँगै पालिकाको केन्द्र पोखरासँग जोडिने बताउँदै उनले गाउँपालिकाको पहिलो प्राथमिकतामा सडक रहेको धारणा राखे । गाउँपालिकाका १२ वटै वडालाई सडक सञ्जालसँग जोड्ने अभियानअन्तर्गत ग्रामीण सडकको स्तरोन्नतिका साथै नयाँ ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिइएको छ ।

प्रदेश सरकारको ५० लाख बराबरको आर्थिक सहयोगमा याङ्जाकोट, तोगी, भाचोक, मिजुरे, नागिधार, पाख्रीकोटसम्मको नयाँ ट्रयाक खोल्ने कार्य शुरु गरिएको छ । नयाँ सडक निर्माणसँगै पर्यटकीय गाउँ ताङतिङ र सिक्लेस सडक यातायातसँग जोडिनेछ । रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ००:००