१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरधुरी कर उठाउन घर घरमै स्वयंसेविका




जेठ २०, भद्रपुर । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताइन् ।

उनका अनुसार गत वर्षदेखि नै घरधुरी कर लिने नौ प्रकारको मापदण्ड बनाएर नगरपालिकाले जनताकै घरमा पुगेर कर उठाउन थालेको हो । उनले फुसको साधारण घरको २०, टिनको छानो सेन्ट्रल बेरा गरिएको एक तलाको ६०, टिनको छानो एक तला पक्कीको ८०, पहिलो तला ढलाई गरिएको र दोस्रोमा टिनको छानो लगाएकोमा १५०, पक्की घर एकतलाको १५०, दुई तलेको २२०, तीन तलेको ३००, चार तले भएमा ४५० र चार तलाभन्दा माथि भएमा ६०० का दरले घरधुरी कर उठाउने गरिएको बताइन् ।

उनले अन्य नगरपालिकाले एकीकृत सम्पत्ति कर र सम्पत्ति कर लगाए पनि अर्जुनधारा नगरपालिकाले भने मालपोत र घरधुरी कर मात्र लगाएको बताइन् । मालपोत भने जनताले आआफ्नै वडामा तिर्ने गरेका छन् । स्वयंसेविका गाउँका कुना कुनासम्म पुगिरहेका र सबैसँग परिचित हुने हुँदा उनीहरुलाई दैनिक एक हजार भक्ताको व्यवस्था गरेर काममा लगाइएको सूचना अधिकृत आचार्यले बताइन् ।

विसं २०६८ को जनगणनाअनुसार ६० हजार २०४ जनसङ्ख्याअर्थात् हाल ७० हजार बढी जनसङ्ख्या र १३ हजार १३६ घरधुरी रहेको छ । वडा नम्बर ६ मा खटिएकी तुलसा कुँवरले दैनिक ४५ घर परिवारकोमा पुगेर अनिवार्य घरधुरी कर उठाउन नगरले नियम बनाएको बताइन् । उनले सोही नियमअनुसार नै घरमूली भेटिने समय पारेर आफूहरुले काम गरिरहेको बताइन् । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ००:००