जेठ १५, सप्तरी । डाकनेश्वरी नगरपालिकामा चोरीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । डाकनेश्वरी नगरपालिका ६ को वडा कार्यालयबाट सामान चोरी गरिरहेको अवस्थामा स्थानीयवासी २२ वर्षीय बुधन यादवलाई पक्राउ गरिएको हो ।
वडा कार्यालयको झ्याल फोरेर दुई थान मोबाइल, एक थान ल्यापटप, एक थान एलइडी लगायत सामान चोरी गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । रासस
प्रतिक्रिया