१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालयको लागि दुई परिवारले दिए निःशुल्क जग्गा



जेठ १३, वालिङ । यहाँका स्थानीयले वडा कार्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन् । वालिङ नगरपालिका २ को वडा कार्यालयको भवन निर्माणका लागि दुई परिवारले आठ आना जग्गा उपलब्ध गराएका हुन् ।

वालिङ वडा नं २ सिमलचौपारीका सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले चार आना, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले चार आना गरी कूल आठ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताए ।

चलनचल्तीको मूल्यअनुसार सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले उपलब्ध गराएको चार आना जग्गाको बिक्री मूल्य करीब बीस लाख, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले उपलब्ध गराउनुभएको चार आना जग्गाको बिक्री मूल्य रु दश लाख गरी कूल ३० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको वडाध्यक्ष लम्सालले बताए ।

“वडाले पायक पर्ने स्थानमा वडा कार्यालयका लागि निःशुल्क जग्गा माग गरेकाले हामीले निःस्वार्थ भावले जग्गादान दिएका हौँ”, जग्गादाता सूर्यप्रसादले भने, “आशा छ हामीले दिएको जग्गा सामाजिक हितका लागि प्रयोग भई वडावासी लाभान्वित हुनेछौँ ।” “वडालाई जग्गा प्राप्त भइसकेपछि अब कार्यालय भवनका लागि स्रोत जुटाउनतर्फ लाग्नेछौँ”, वडाध्यक्ष लम्सालले भने, “वडालाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई वडाको तर्फबाट धन्यवाद दिँदै सम्मान व्यक्त गर्दछु ।” रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ००:००