१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर उपमहानगरः बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन



जेठ ४, लमही । दाङ तुलसीपुर उपमहानगरपालिका १९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताए ।

प्रसूति हुनका लागि तुलसीपुर बजार नै आउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै प्रसूति सेवा केन्द्र सञ्चालन गरिएको र यसबाट २४ सै घण्टा सेवा प्रदान हालका लागि एक तालीम प्राप्त स्टाफनर्स पठाइसकेको उनको भनाइ थियो ।

ऊक्त केन्द्र शुत्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका थिए । योसँगै उपमहानगरपालिकाभित्र छ वटा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् । चालू आर्थिक वर्षभित्र उक्त उपमहानगरपालिका ४ स्थित हलवार स्वास्थ्यचौकीमा पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइने सो अवसरमा जानकारी दिइएको थियो ।

यसैबीच तुलसीपुर १९ स्थित बिजौरी स्वास्थ्यचौकीलाई एक एम्बुलेन्स पनि प्रदान गरिएको छ । विकट क्षेत्रबाट सहजै बिरामीलाई अस्पताल ल्याउनका लागि उपमहानगरपालिकाले तीनवटा एम्बुलेन्स खरीद गरेकामा एउटा यसअघि नै वडा नं १ लाई हस्तान्तरण गरेको थियो भने शुक्रबार उपमहानगरप्रमुख पाण्डेले तुलसीपुर–१९ का वडाध्यक्ष रामबहादुर योगीलाई उक्त एम्बुलेन्सको साँचो हस्तान्तरण गरेक हुन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार ००:००