१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सङ्घीयता जोखिममा’



वैशाख २३, राजविराज । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सम्पूर्ण अधिकार केन्द्रमै राखेका कारण सङ्घीयता जोखिममा परेको बताएका छन् । सप्तरीको कञ्चनपुरमा आयोजित कांग्रेसको क्षेत्रीय सम्मेलनमा उनले सम्पूर्ण अधिकार केन्द्रमै राख्ने, प्रदेश र स्थानीय तहलाई कुनै अधिकार नदिएसम्म सङ्घीयता नटिक्ने बताए ।

नेता थापाले सङ्घीयता र गणतन्त्रको रक्षा गर्दै जनतालाई आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार दिलाउन अब कांग्रेसले जनजागरण अभियान चलाउने बताए । नेपाली कांग्रेस सप्तरीका जिल्ला सभापति दिनेशप्रसाद यादवले समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक हुने दावी गरे । रासस

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ००:००