२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निस्दी गाउँपालिकाको अर्चलेमा पहिलोपटक बस पुग्यो



वैशाख १२, बेझाड । निस्दी गाउँपालिका ६ को अर्चलेमा पहिलोपटक बस पुगेको छ । पश्चिमाञ्चल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ४६९७ नंको बस बुधबार पहिलोपटक पुगेको हो ।

गाउँमा पहिलोपटक बस पुगेपछि बस चालक र समितिका पदाधिकारीलाई यहाँका स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका थिए । बालबालिकादेखि युवायुवती, वृद्धवृद्धा बस आएको देखेपछि खुशीले उत्साहित हुँदै हेर्नेको ठूलो भीड रहेको होम राई मगरले बताए ।

पुलबजार, डियाङ्बारी, चिदिया, अर्चले बजार लगायतका विभिन्न ठाउँका स्थानीयवासीले गुडिरहेको बस रोकेर स्वागत गर्न पुगेका थिए । साँघुरो र अप्ठ्यारो सडक रहेकाले साना सवारीसाधन गाउँमा पुगे पनि ठूला गाडी लैजान नसकिएको वडाध्यक्ष मेखबहादुर सुनारीले बताए । “परीक्षणका रुपमा पहिलोपटक गाउँमा बस ल्याइएको छ, अब छिट्टै सडक सुधार गरेर नियमित बस सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ”, अध्यक्ष सुनारीले भने ।

पूर्वखोला गाउँपालिका–१ सिलुवा हटिया बजारबाट ११ किलोमिटर दक्षिणी भेगमा अवस्थित अर्चलेमा दैनिक एक जिप सदरमुकामबाट दिउँसो १ बजे र अर्चलेबाट सदरमुकामका लागि बिहान ८ बजे छुट्ने गर्दछ । नियमित बस सेवा सञ्चालन भएको खण्डमा यहाँका स्थानीयवासीलाई आवतजावतमा सहज हुनेछ । गाउँघरमा उत्पादित कृषिजन्य सामग्री बजार पु¥याउन र बजारका सामान गाउँमा लैजान बस सेवा शुरु गरेपछि सजिलो हुने स्थानीयवासीले आशा गरेका छन् । रासस

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार ००:००