२० कार्तिक २०८१, मंगलबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भित्रियो सडक बत्ती नियन्त्रण गर्ने प्रविधि



चैत २०, ललितपुर । स्मार्ट सिटीको अवधारणमा जोड दिँदै ललितपुर महानगरपालिकाले पहिलो पटक मोबाइलबाट ट्राफिक लाइट नियन्त्रण गर्ने प्रविधि ९एप्स० भित्र्याएको छ ।

मङ्गलबार जाउलाखेलको अल्का अस्पताल अगाडि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्यालले संयुक्तरुपमा उक्त एप्स जडित मोबाइल सेट ट्राफिक प्रहरीका कुन्दनकुमार शाहलाई हस्तान्तरण गरी सडक व्यवस्थापनको नयाँ तरिका अपनाउने कार्यको शुभारम्भ गर्ने जिम्मेवारी प्रदान गरे ।

सवारीसाधनको गति र चापअनुसार ट्राफिक व्यवस्थापनको कार्य मोबाइलबाटै हुनेछ । उक्त मोबाइल सेटमा सडक बत्ती नियन्त्रण गर्ने प्रविधि जडान गरेर हस्तान्तरण गरिएको महर्जनले बताए । “ट्राफिकले सडक बत्तीको नियन्त्रण मोबाइलबाटै अटोमेटिक वा म्यानुअल प्रयोग गरी स्यामिम्यानुअल विधिमार्फत गर्नेछन्” उनले भने, “यो एप्स जडित मोबाइल ड्युटीमा रहने प्रहरीको हातमा जुनसुकै समय रहने छ ।”

महानगरपालिकाले पावरटेक नेपाल र भूस्पर्श कन्ट्रक्सन प्रालिसँग समन्वय गरी सो प्रविधि भित्र्याएको उपप्रमुख सत्यालले जानकारी दिइन् । “अहिले परीक्षणका रुपमा जाउलाखेलको अल्का अस्पताल अगाडि एउटा ठाउँमा मात्र यो प्रविधि राखिएको छ” उनले भनिन्, “यसले सडक जाम नियन्त्रण गर्न सहयोग गर्नुका साथै सडक यात्रा गर्न सहज वातावरण बनाउने छ ।”

महानगरपालिकाले मोबाइल सेट हस्तान्तरण गर्नपूर्व यहाँका ६ ट्राफिक प्रहरीलाई मोबाइल प्रविधिबारे जानकारीसँगै तालीम पनि दिएको थियो । केही समयपछि सो प्रविधि जिल्लाको अन्य स्थानमा जडान गर्ने महानगरपालिकाको योजना छ । उक्त एप्सले गाडीको चाल नियन्त्रण गर्नुका साथै दुर्घटना न्यूनिकरण गर्न सहयोग गर्नेछ । रासस

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ००:००