चैत १३, दाङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभा ‘क’ का दुई गाउँलाई स्मार्ट कृषि गाउँको घोषणा गरिएको छ ।
प्रदेश नं ५ सरकारको एक निर्वाचन क्षेत्र, ‘एक स्मार्ट कृषि गाउँ’ तुलसीपुर उपमहानगरपालिका वडा नं १४ स्थित लुहाडवरा र मटेरा गाउँलाई कृषि गाउँका रुपमा घोषणा गरिएको हो ।
आज एक कार्यक्रमकाबीच प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि स्मार्ट गाउँ घोषणा गरेकी हुन् । त्यस अवसरमा मन्त्री पौडेलले कृषि समृद्ध प्रदेश निर्माणका लागि स्मार्ट कृषि गाउँको अवधारणा अगाडि बढाइएको बताइन् । रासस
प्रतिक्रिया