२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयमा आकर्षण बढाउन बस सेवा शुरु



फागुन २७, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित पवित्रा उच्च माध्यमिक विद्यालयले विद्यार्थी आकर्षण गर्ने उद्देश्यले बस सेवा शुरु गरेको छ ।

निजी विद्यालयले बस सेवा सञ्चालन गरेर सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्न थालेपछि विद्यालयले विद्यार्थी टिकाउन र विद्यालयमा आकर्षण बढाउन बस सेवा शुरु गरेको हो ।

बस खरीद गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । २८ लाखको लागतमा खरीद गरिएको बसका लागि गाउँपालिकाले ६० र विद्यालयले ४० प्रतिशत खर्च व्यहोरेको विद्यालयका अध्यक्ष हेमराज लामिछा क्षितिज ले जानकारी जानकारी दिए । उनले भने, “निजी विद्यालयले मात्रै बस सञ्चालन गर्न सक्छन् भन्ने भ्रम चिर्न पनि बस सेवा शुरु गरेका हौँ ।”

विद्यालयमा व्यास नगरपालिका–१२ छिर्कने, आँबुखैरेनीको सत्रसयबाट विद्यार्थी आउछन् । अभिभावकसँगको सल्लाह र सुझावका आधारमा बस शुल्क निर्धारण गरिने भन्दै उनले तेल, चालक र मर्मत खर्चका लागि मात्रै केही रकम लिइने जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सडक सुविधा पुगेका सबै सामुदायिक माध्यमिक विद्यालयमा बस उपलब्ध गराउने गाउँपालिकाको नीतिअनुसार पहिलोपटक पवित्रा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिएको जानकारी दिए ।

अन्य विद्यालयको मागअनुसार क्रमशः बस उपलब्ध गराइने उनले बताए । बस सञ्चालन भएपछि राजमार्ग क्षेत्रका विद्यार्थीलाई आउन जान सुविधा हुने प्रधानाध्यापक रघु पण्डितले बताए । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ००:००