१४ कार्तिक २०८१, बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा सिटीस्क्यान र आइसीयु सेवा



फागुन २४, राजविराज । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो । उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटर सहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताए ।

यसअघि जिल्लामा ती दुबै उपकरण नहुँदा सो सम्बन्धी उपचारका लागि प्रदेश नं १ को विराटनगर वा धरानमा बिरामीलाई लैजान पथ्र्यो अब त्यो सेवा अब सप्तरीमै आइसकेपछि जिल्लावासीमा खुशी छाएको उनको भनाइ थियो ।

आइसीयुको अभावमा कतिपय बिरामीको ज्यान जोखिममा पर्न नदिन जिल्ला बाहिर पठाउनुपर्दा बढी रकम खर्चिनुपरेकाले आफूहरूले ती उपकरण ल्याएको अध्यक्ष ठाकुरले बताए ।

मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटी, पेट हड्डीको समस्या लगायत जटिल रोगका लागि ती उपकरण आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ००:००