२० कार्तिक २०८१, मंगलबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपभोक्ताले श्रमदान गरी पक्की कुलो निर्माण



फागुन १४, बेझाड । रामपुरका बासिन्दाको श्रमदानमा कुलो निर्माण गरिएको छ । रामपुर नगरपालिका–५ स्थित रामपुर फाँट सिँचाइ जल उपभोक्ता आयोजना २ नं शाखा अन्तर्गतका उपभोक्ताले श्रमदान गरी सो कुलो निर्माण गरेका हुन् ।

कच्ची कुलोका कारण यहाँका किसानले निकै सास्ती भोग्दै आएकाले जनश्रमदानमा पक्की कुलो निर्माण गरिएको समिति सदस्य रिमप्रसाद श्रेष्ठले बताए । खेतको मुहानसम्म पानी नपुग्ने हुँदा प्रशस्त कृषि उत्पादन नभएकाले ६७ जनाले प्रतिरोपनी पाँचसय उपलब्ध गराएका थिए भने कुलो निर्माणका लागि १९५ जनाले छ दिनसम्म श्रमदान गरेका थिए ।

उठाइएको रकम र जनश्रमदानसहित कुल एक लाख ९० हजारको लागतमा पक्की कुलो निर्माण गरिएको शाखाका अध्यक्ष थर्कबहादुर रानाले बताए । कच्ची कुलोको ठाउँ ठाउँमा पानी चुहिने, खडेरीयाममा खेतको मुहानसम्म पानी नपुगेर निकै हैरानी खेप्नु परेकामा बाङ्गेपसल आउटलेट देखि राना गाउँ सम्म करीब एक सय मिटर लामो कुलो निर्माण गरिएको उपभोक्ता मथुरा रेग्मीले बताए ।

“ उत्पादनशील जग्गा छ तर सिँचाइकै समस्याले तरकारी, अन्नबाली लगाउन निकै दुःख हुनाका साथै नहरबाट ल्याइएको पानी बिचमै चुहेर खेतमै नपुग्ने वर्षौदेखिको समस्या अब अन्त्य भयो” अर्का उपभोक्ता सुरज नेपालीले बताए । यस कुलोबाट १८० रोपनी खेत सिँचाइ हुँदै आएको छ । रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार ००:००