२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरियो कमलपोखरीको रुप



 

कात्तिक २७, काठमाडौं । छठ पूजा गर्न थालेसँगै काठमाडौंको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडौंमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय बिताउने आकर्षक ठाउँ बनेको छ । सरसफाइ र संरक्षण पाएपछि कमलपोखरीमा अहिले दैनिक सयौँ व्यक्ति घुमघामका लागि आउने गरेको स्थानीयवासी बताउँछन् ।

काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले कमलपोखरीको सरसफाइ, मर्मत, संरक्षण र प्रवर्धनका लागि आफ्नोतर्फबाट सहयोग गर्दै आएका छन् । सांसद थापाकै सक्रियतामा कमलपोखरी संरक्षण गुरुयोजना पनि बनाइएको छ ।

विसं २०६३ पछि काठमाडौंको थापाथली, गौरीघाट र रानीपोखरीमा गर्न थालिएको छठ पूजा कमलपोखरीमा आठ वर्ष अगाडि थालिएको हो । यहाँ अन्य ठाउँमा भन्दा भव्य पूजा र जनसहभागिता हुने गरेको छ । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार ००:००