कात्तिक २४, म्याग्दी । म्याग्दीका एक युवा वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका छन् ।
बेनी नगरपालिका– ६ जरबुटाका ३५ वर्षीय नारायण जिसीले तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । जिसीले ५ लाख रुपैयाँको लगानीमा स्थापना गरेको फार्ममा हाल चार वटा भैँसी छन् ।
उनले ४ रोपनी खेतमा गोलभेँडा, बन्दा, काउली, काँक्रो, सिमी, बोडी, सागलगायत मौसमी तथा बेमौसमी तरकारीखेती गरेका छन् । जिसीले अहिले ७ देखि ८ सय वटा कुखुरा पालेका छन् । दैनिक प्रतिलिटर ८० रुपैयाँका दरले १८ लिटर दूध बेच्दै आएको उनले बताए ।
जिसीको फर्ममा तीनजनाले रोजगारी पाएका छन् । दूध र तरकारी ढुवानी गर्न मोटरबाटोको समस्या भएको जिसीले गुनासो गरे । यसैगरी सिँचाइको पनि समस्या छ ।
फार्मको क्षमता विस्तार र तरकारीका बिरुवा उत्पादन गर्ने नर्सरी पनि सञ्चालन गर्ने जिसीको योजना छ । रासस
प्रतिक्रिया