कात्तिक २२, काठमाडौं । प्रधानमन्त्री केपी शमा ओलीले नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् ।
नेपाल संवत् ११३९को अवसरमा शुभकामना दिँदै आज जारी गरेको उनले जारी गरेको सन्देशमा अहिले पनि नेपाल संवतको सान्दभर्भिकता उत्तिकै रहेको उल्लेख छ ।
साख्वाःकै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्दै उनले शुभकामना सन्देश दिएका छन् ।
शंखधर साख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्तिबाट ऋणबाट मुक्त गराएका थिए । “नेपाल संवत्को सुरुवात नै प्रेरणादायी कामबाट भएको हो । नेपाल संवतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनालाई सम्झाउँछ ।” सन्देशमा उल्लेख छ ।
साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्ण राख्नसमेत नेपाल संवत्ले हामीलाई झक्झक्याउदै आएको बताएका छन् ।
शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाए कै कारण उहाँ शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको उनको सन्देशमा उल्लेख छ ।
“काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवतका प्रवर्तक,समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शङ्खधर साख्वा:को विशेष स्मरण गर्न चाहन्छु” उनको शुभकामना सन्देशमा उल्लेख छ । रासस
प्रतिक्रिया