कात्तिक १९, ललितपुर । गोदावरी नगरपालिकाको वडा नं. १३ मा वडा अध्यक्ष रनिङ शिल्ड सोमबार सम्पन्न भएको छ । एक महिना देखि चलेको प्रतियोगितामा फुटबल, दौड, ब्याटमिन्टन,चेस लगायतका विभिन्न खेलको प्रतियोगिता गरिएको थियो ।
खेलकुदमा १३ नं. वडा भित्रका विद्यार्थी तथा क्लबका युवाहरू सहभागी थिए । वडा अध्यक्ष भाष्कर थापाले आफ्नो वडाबाट शुरू भएको खेलकुद तथा युवालक्षित कार्यक्रम नगरका सबै ठाउँमा बिस्तार गर्ने बताए । वडा अध्यक्ष थापा गोदावरी नगरपालिकाका सामाजिक विकास समितिका संयोजकसमेत हुन् ।
युवा तथा बालवालिकाकामा विशेष ध्यान दिनु पर्नेमा जोड दिँदै नगरपालिकाका शिक्षा अधिकृत देवीलाल विष्टले मानसिक तथा शारीरिक विकासका लागि खेलकुद अनिवार्य रहेको बताए । साथै विकास, अनुशासन र गतिशिलताका लागि युवा तथा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालनमा निरन्तरता दिने पनि बिष्टले बताए ।
अखिल नेपाल फुटवल संघ ललितपुर शाखाका अध्यक्ष पुरुषोत्तम थापाले वडाका खेलाडिहरूलाई एन्फाले प्रशिक्षण दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमका नगर प्रमुख गजेन्द्र महर्जनले सबैको प्रतिभा पहिचान गरेर खेलकुद तथा युवाको विकासलाई नगरपालिकाले बिषेश प्राथमिकता दिने बताए । गोदावरी नगरपालिकाले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम शुरु गरेको पनि महर्जनले जानकारी दिए ।
कार्यक्रमका प्रमुख आतिथि प्रदेश सांसद लालकुमारी पुनले नगरलाई खेलकुदतथा सामाजिकविकासमाप्रदेश सरकारको समेत साथ रहने बताए।
२५ हजार रुपैयाँ राशीको वडा अध्यक्ष रनिंग शिल्ड फुटवल प्रतियोगिता भने त्रिशूल युथ क्लवले जितेको छ । उक्त कार्यक्रमका लागी युवा सुचना केन्द्र, युवाजागरण क्लव, त्रिशुल युथ क्लव, राष्टिय पोसाक संरक्षण महाअभियान ललितपुरले सहयोग रहेको थियो ।
प्रतिक्रिया