२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै



 

कात्तिक १९, कञ्चनपुर । भीमदत्त नगरपालिका ८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो ।

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले यसअघि प्रस्ताव गरेको स्थानमा केन्द्र बनाउने गरी तयारी अघि बढाएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

केन्द्र निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरिएका छन । राजनीतिक दल एकमत भएर स्थानीय समुदायमा जाने भएका छन् ।

नगर प्रमुख विष्टले राजनीतिक दलको सर्वदलीय संयन्त्रले गरेको निर्णयका आधारमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल गरिएकाले सबै दलको सहयोग पाउने आशा राखिएको बताए ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत ३६ दशमवलव ५ किलोमिटर पक्की सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र प्रदूषित पानी प्रशोधन गर्ने कार्यक्रम समावेश गरिएका छन । अहिले सडकको सर्भे कार्य भइरहेको छ भने केन्द्रका लागि छलफललाई निरन्तरता दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रसिंह रावलले आयोजनाबाट स्थानीय समुदायलाई पाउने लाभमा सहमत गराएर जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला सचिव दिवाकर पाण्डेयले फोहरमैला व्यवस्थापन समान्य विषय नभएकाले स्थानीयसँग छलफल गरी जानुपर्ने र त्यसका लागि कांग्रेसले साथ दिने बताए ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ००:००