१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुम अस्पताललाई स्तरोन्नति गरि ५० शैय्याको बनाइने



 

कात्तिक १७, तेह्रथुम । तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शैय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट एक करोड ३० लाख विनियोजन गरिएको बताए ।

सङ्घीय संरचना अनुरुप प्रदेश नं १ सरकार मातहतमा तेह्रथुम र सङ्खुवासभा जिल्लालाई कार्य क्षेत्र बनाइ उक्त कार्यालय स्थापना भएको र यसले दुबै जिल्लाका स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर काम गर्ने भएको छ ।

कार्यालयले महामारी रोग निन्यत्रण तथा विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्दै आएका केही महत्वपूर्ण कार्यसमेत गर्ने प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य निर्देशक सागर दाहालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार ००:००