२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकालाई उन्नत शहर बनाउन जोड



 

कात्तिक १४, काठमाडौं । काठमाडौं उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै मंगलबार उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।

फोरमका संयोजक एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक काठमाडौं उपत्यकाको प्राकृतिक विशिष्ठता, प्रदुषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थापन र वृक्षारोपण गर्ने विषयमा केन्द्रीत थियो ।

फोरमले जारी गरेको प्रतिबद्धतामा वृक्षारोपणसँगै पुराना सवारी साधन विस्थापन, ढल निकासलाई नदीको पैवाहीकरणबाट पुर्णत अलग गरी निर्मलीकरण गर्ने, वातावरण प्रतिकुलका हानीकारक प्रभाव तथा असरलाई घटाउन एकिकृत रुपमा जनचेतना कार्यक्रम गर्ने रहेको छ ।

सवारी साधनबाट निष्कने धुँवा तथा धुलोलाई कमगर्न यातायातलाई दिगो र वातावरण मैत्री बनाउने कार्यका लागि इन्धनको गुणस्तर कायम गर्दै स्वच्छ उर्जाको उपयोगका लागि अग्रसर हुने, नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दरमा एकरुपता कायम गराउने, जग्गा विकास आयोजना सञ्चालन खरिद ऐनमा एकरुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक तथा सरकारी वन, नियमावली निर्माण र कार्यान्वयन जस्ता विषमा बैठकले प्रतिबद्धता जनाएको छ । बैठकमा उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ००:००