२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न



 

कात्तिक १२, दाङ । नागरिकलाई स्वच्च्छ, सफा तथा शुद्ध पिउने पानी वितरण गर्नेका लागि साढे दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांश घरमा अहिले पनि कुवा रहेको र स्थानीयवासीले त्यही कुवाको पानी पिउँदै आएका छन् ।

नेपाल सरकारको ७० अनुदान र उपभोक्ताको २० श्रमदान र १० प्रतिशत नगद गरी जम्मा १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी दिए ।

यस योजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, फिल्टर मेशिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको भण्डारण ट्याङ्की निर्माण र पाइपलाइन विस्तार लगायत काम गरिएको पनि अध्यक्ष रजौरेले जानकारी दिए ।

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडौंले पाएको हो । तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ००:००