कात्तिक ११, हुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा शनिबार प्रदेश अन्तर्गतको स्वास्थ्य कार्यालय उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य कार्यालयको उद्घाटन गरे ।
जिल्लामा एकमात्र स्वास्थ्य कार्यालय र उपस्वास्थ्य चौकी भए तापनि बिरामीले औषधिको अभावमा तराई–मधेश झर्नुपरेको छ । हुम्लामा यातायातको साधन हवाईजहाज मात्र छ अब प्रदेश सरकारले हुम्लामा तीन वर्षभित्र सडक सञ्जालभित्र जोड्ने मन्त्री दल रावलको भनाइ छ ।
गाउँमा बिरामी हुँदा ४ ५ दिन पैदल यात्रा गरेर जिल्ला सदरमुकामको अस्पताल आउनुपर्ने अवस्था छ । हुम्ला यातायातको हिसाबले कर्णाली प्रदेशको अन्य जिल्लाको तुलनामा सबभन्दा विकट जिल्ला भएको र समयमै बिरामीले औषधि उपचार नपाउने जस्ता दुःख भोग्दै आएका छन् ।
रासस
प्रतिक्रिया