कात्तिक २ उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले नगरप्रमुखको हातबाट टीका थापेर विजयादशमी मनाएका छन् ।
बालगृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिए । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताए ।
विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिइन् । रासस
प्रतिक्रिया