२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलागुफा नगरपालिकाः बालमैत्री स्थानीय शासनका सूचक पूरा



 

असोज २५, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका १ र ३ वडाले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेका छन् । यी वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार असार २१ गते निर्धारण गरिएका २८ वटा सूचक पूरा गरेका हुन् ।

राष्ट्रिय रणनीतिका २८, संस्थागत १२ र १६ खुड्किला पार गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने उक्त नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।

सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोट शाखाको सहजीकरणमा बाल सहभागिता, बाल विकास, बाल संरक्षण सम्बन्धी सूचक पूरा भएका छन् । बाल सहभागिता सम्बन्धी ६, बाल विकास सम्बन्धी ५, बाल संरक्षण सम्बन्धी ५ र बाल बचाउ सम्बन्धी ९ सूचक पूरा भएको जिल्ला बाल क्ल्याण समितिका अध्यक्ष लालबहादुर मल्लले बताए ।

शतप्रतिशत सूचक पूरा भए पनि शिक्षा र बाल संरक्षणका केही सूचक ८० प्रतिशत पूरा भएको उक्त नगरपालिका ३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । उनका अनुसार वडाभित्रका केही विद्यालयमा विद्यार्थीका अनुपातमा बालमैत्री शौचालय अपुग छ ।

जिल्ला तथा नगरपालिका बालमैत्री स्थानीय शासनका पदधिकारीको संयुक्त अनुगमनपश्चात हालै सदरमुकाम मान्ममा बसेको बैठकले अनुगमन गरिएका उक्त नगरपालिकाका १ र ३ वडालाई आगामी कात्तिक १६ गते बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी गरेको छ भने वडा नं २ र ४ लाई यसअघि नै घोषणा गरिसकेको नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले बताइन् ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार ००:००